जोडिनुहोस
  • होमपेज
  • एसियाली खेलकुदको कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन फाइनलमा

एसियाली खेलकुदको कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन फाइनलमा

चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक पक्का गरेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङ ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै रजत पदक पक्का भएको हो ।

हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले होलाई ८–४ को अन्तरमा हराइन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग खेल्नेछिन ।यसअघि महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका