Wed Jun 29 2022
अन्तर्राष्ट्रिय

किभ पस्दै रुसी सेना, स्नीयलाई सुरक्षित स्थानमा बस्न सुझाव

काठमाडौं । रुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् ।

रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् ।

रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् ।

शत्रु ओबोलोन क्षेत्र आइपुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।