Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

युक्रेनको राजधानी किभमा पुगे रुसी सेना, भिडन्त सुरु

एजेन्सी । युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार हाल युक्रेनको किभ सडकमा भिडन्त भइरहेको छ । रुसी सेनाहरु युक्रेनको राजधानीमै पुगेर भीडन्त गर्न थालेपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन सञ्चारमाध्यमबाटै आग्रह गरिएको छ ।

रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् । यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ ।