जोडिनुहोस
  • होमपेज
  • इन्टरमियामीको अर्को हार, प्लेअफमा छनौटको सम्भावना सकियो

इन्टरमियामीको अर्को हार, प्लेअफमा छनौटको सम्भावना सकियो

काठमाडौँ । अमेरिकन लिग सकर (एमएलए) अन्तर्गतको खेलमा इन्टर मियामीलाई सिनसिनाटी क्लबले १-० गोल अन्तरले पराजित गरेको हो । सिनसिनाटीको जितमा खेलको ७८औं मिनेटमा अल्भारो बारियलले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यस खेलमा लियोनेल मेसी भने सब्सिच्यूटको रुपमा खेलको ५५औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनी इन्जुरीका काराण पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका थिए ।

यो हारले इन्टर मियामीलाई प्लेअफमा छनौट हुने सम्भावना सकिएको छ । अब लिगमा दुई खेल खेल्न बाँकी रहदा इन्टर मियामीको ३२ खेलमा ३३ अंक रहेको छ ।

त्यसैगरी सिनसिनाटीको भने ३३ खेलमा ६८ अंक रहेको छ र लिगको इस्टर्न कन्फेरेन्समा शिर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका