Sun Jun 26 2022
देश

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाही । सर्लाहीको धन्कौलमा ‍‍मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । शनिबार राति मधुवनी(नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका९३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा कौडेना गाउँपालिका९५, का दिपेश मुखिया घाइते भएका छन् ।