Sun Jun 26 2022
देश

प्रेमिसँग मिलेर श्रीमतीले गरिन श्रीमानकै हत्या

वीरगञ्ज । अवैध सम्बन्ध लुकाउन श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबरिया टोलस्थित गाईगोठमा बारा जिल्लाका फेटा गाउँपालिका वडा नम्बर ४ बस्ने ४६ वर्षीय प्रेमचन्द्र महराको घाँटी र टाउकोको पछाडि भागमा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

हत्याको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बस्ने ३४ का दीपक कुमार महरालाई नियन्त्रणमा लिएका छ ।

मृतक महराकी श्रीमतीको अभियुक्त दीपकसँग अबैध सम्बन्ध रहेको र सम्बन्धको बारेमा श्रीमानले थाहा पाएपछि श्रीमतीकै मिलोमतोमा उनको हत्या भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।