Sun Jun 26 2022
मुख्य खबर

बानेश्वरमा राखिएको शंकास्पद प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज भेटियो

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको अगाडिको सडकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । त्यहाँ राखिएको शंकास्पद प्रेसर कुकर बम नभएको सेनाले पुष्टि गरेको हो ।

प्रेसर कुकरमा भेटिएको उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा डिस्पोजका लागि सेनाको टोलीले प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको जानकारी दिएको छ ।
मोटरसाइकलमा आएका व्यक्तिले शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।