Mon Jun 27 2022
मुख्य खबर

लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि एमसीसी पारित गर्न सहमत भयौ – प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्डले० लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु खुसी भएको समेत बताए।

प्रचण्डले एमसीसीमा निकास दिएपछि अब मुलुक निर्वाचनको प्रक्रिया अघि बढ्ने, सरकार र गठबन्धन पनि कायम रहने दाबी गरे।