Sun Jun 26 2022
मुख्य खबर

सुर्खेतमा प्रहरीमाथि प्रदर्शनकारीको ढुंगा प्रहार, कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारी पक्राउ

सुर्खेत – एमसीसीको विरोधमा सुर्खेतमा प्रदर्शनकारी तोडफोड गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् । ढंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो ।