जोडिनुहोस
  • होमपेज
  • वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ – स्वास्थ्यमन्त्री बस्नेत

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ – स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको जानकारी बताएका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो ।

देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका