Wed Jun 29 2022
मुख्य खबर

मनाङमा तीन महिनादेखि ढुवानी ठप्प

मनाङ जिल्लाको माथिल्लो मनाङमा तीन महिनादेखि ढुवानी ठप्प भएको छ ।
तल्लो मनाङको नासों गाउँपालिका–९, दानक्युदेखि माथिल्लो क्षेत्रको सडक तथा पदमार्गभरी हिउँ जमेको छ । तर पनि तल्लो क्षेत्रमा भने हिउँ पन्छाएर सडक सुचारु गरिएको छ । तीन महिनादेखि यातायात सेवा ठप्प छ । सवारी साधन गुड्न नसकेपछि खाद्यान्न, निर्माण सामाग्री लगायतको ढुवानी हुन सकेको छैन ।

माथिल्लो मनाङमा पुस दोस्रो सातादेखि आवागमन ठप्प भएको मनाङका प्रमुख जिल्ला रविन्द्रप्रसाद आचार्यले बताउनुभयो । अहिले हिउँ रोकिए पनि चिसो अत्याधिक बढेको छ । चिसोकै कारण सडकमा हिँड्न सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । सवारी साधन नचल्दा मनाङ ङिस्याङ र नार्पाभूमिका बासिन्दाले सास्ती खेप्नुपरेको छ ।