जोडिनुहोस
  • होमपेज
  • कोशी सरकारबारे निर्णय गर्न राप्रपाद्धारा बैठक आह्वान

कोशी सरकारबारे निर्णय गर्न राप्रपाद्धारा बैठक आह्वान

काठमाडौं । कोशी प्रदेशको सरकार गठनवारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबारका लागि पदाधिकारी बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ८ बजे बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख एवं प्रवक्त मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

कोशीमा नयाँ सरकार गठनको दाबीका लागि शुक्रबार नै साँझ ५ बजेसम्मका लागि प्रदेश प्रमुखले समय दिएकाले राप्रपाले शुक्रबार नै ठोस निर्णय दिने जनाएको छ । कोशीमा राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेससहित गठबन्धनका ४ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसद छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका