Tue Jun 28 2022
Breaking News

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको गरेपछि बैठक बसेको ७ मिनेटमै सकिएको हो । एमालेले पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

पार्टीले कारबाही गरेका नेकपा एकीकृत समाजवादीमा आबद्ध १४ सांसदहरूको सूची सभामुखले टाँस्नुपर्नेलगायत माग राख्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको हो ।

एमालेकै अवरोधबीच बुधबारको बैठकमा सूचना आयोगको प्रतिवेदन प्रस्तुत गरियो । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गर्नुभएको छ ।

प्रतिवेदन पेस गरेपश्चात सभामुख अग्निप्रसाद सापकाटाले यही फागुन २२ गतेसम्मलाई संसद् बैठक स्थगन गर्नुभयो । अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।