Sat Jun 25 2022
देश

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा बिदा दिने निर्णय भएको जनाएको हो ।

बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयको सिफरिसमा फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।