Sun Jun 26 2022
मुख्य खबर

१२७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्‍यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ भने ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।