जोडिनुहोस
  • होमपेज
  • इजरायल-हमास युद्धमा दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ३५ सय पुग्यो

इजरायल-हमास युद्धमा दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ३५ सय पुग्यो

काठमाडौं । आठ दिनदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय पुगेको छ ।

इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा गाजामा भएको आक्रमणमा ३ सय २४ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन् । प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ ।

यस्तै, हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १३ सय पुगेको छ । जसमा विदेशीको संख्या १ सय छ । इजरायलले उत्तरी गाजाबाट दक्षिणी क्षेत्रमा सर्नका लागि ६ घण्टाको समय दिएको घोषणा गरेको छ । साथै लेबनानी सीमामा भएको आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएकोमा दुःख व्यक्त गरेको छ । यस्तै, गाजाका लागि आवश्यक स्वास्थ्य सामग्री बोकेको जहाज इजिप्ट अवतरण गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका