जोडिनुहोस
  • होमपेज
  • राजनीतिक दलमा आवद्ध भए एनआरएनए चल्दैनः पूर्वपरराष्ट्रमन्त्री खड्का

राजनीतिक दलमा आवद्ध भए एनआरएनए चल्दैनः पूर्वपरराष्ट्रमन्त्री खड्का

काठमाडौं।पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नहुन आग्रह गरेका छन् ।

आइतबार विजया दशमीको अवसरमा आयोजित गैरआवासीय नेपाली संस्कृति र लगानी संवाद तथा चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा हरेक क्षेत्रमा राजनीतिकरण बढी मात्रामा भएको बताए ।

कार्यक्रममा उनले भने,‘एनआरएनएलाई मेरो आग्रह तपाईंहरु कुनै पनि राजनीतिक दलसँग आवद्ध नभइदिनुस् । नेपालमा हरेक क्षेत्रमा राजनीति छ । यसले गर्दा विकृति विसंगति बढेको छ । यहाँको राजनीतिक दलसँग आवद्ध भएर चल्नुभयो भने एनआरएनए चल्दैन ।’

उनले विदेशिनेको संख्या बढ्दो क्रममा देखिएको र नेपाल प्रतिको एनआरएनएको सद्भाव रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका