जोडिनुहोस
  • होमपेज
  • दशैँको रौनक बढेसँगै काठमाडौं उपत्यकामा च्याङग्रा आउन थाले

दशैँको रौनक बढेसँगै काठमाडौं उपत्यकामा च्याङग्रा आउन थाले

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँ को सुरुवात भएसगैँ काठमाडौं उपत्यकामा विभिन्न जिल्लाबाट च्याङग्रा भित्र्रिन थालेका छन् । विगतका वर्षहरुमा पनि घटस्थापनाका दिनदेखी काठमाडौँ उपत्यकामा भेडा च्याङग्रा भित्र्रिने गरेका थिए ।

हिमाली जिल्लाहरुबाट प्राय दशैँका लागि मुख्य शहरहरुका च्याङग्रा आउने गर्छन् । यस वर्ष पनि मनाङ र सिन्धुपाल्चोकको तातोपानी क्षेत्र लगायतका जिल्लाबाट उपत्यकामा खसी बोकासहित च्याङ्ग्रा भित्रिन थालेका हुन् ।

व्यवासायीहरुले भक्तपुरको तिनकुने लगायतका स्थानमा च्याङ्गा बिक्रीका लागि राखेका छन् । व्यापारीहरु अहिले जिउँदो च्याङ्ग्रा प्रतिकेजी १३ सय ५० मा बिक्री भैरहेको बताएका छन् । अहिले सुरुको चरण भएकाले केही मात्रामा मात्र भेडा च्याङग्रा आउन सुरु गरेको र थप ठूलो संख्यामा आउने क्रम जारी रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका