Tue Jun 28 2022
Breaking News

शय्या अभावले सुत्केरी भुइँमै !

बिरामीको चाप वृद्धि भएपछि भरतपुर अस्पतालको प्रसूति कक्षमा शय्या अभाव हुन थालेको छ ।

​ प्रसूति सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएपछि अस्पताललाई व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।

चितवन, नवलपरासी, मकवानपुरसहित छिमेकी जिल्लाका गर्भवतीहरू प्रसूतिका लागि भरतपुर अस्पताल आउने गरेका छन् ।

गर्भवती अवस्थामा अन्य निजी अस्पताल र क्लिनिकमा जँचाउने गरे पनि सुत्केरी हुन भरतपुर अस्पताल नै आउने गरेकाले शय्या अभाव हुने गरेको अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा। सुनीलमणि पोखरेलले बताए ।

अस्पतालमा गत साउनयता आठ हजार आमाले शिशु जन्माइसकेका छन् । यो सङ्ख्या गत वर्ष नौ हजार ७६६ जना थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. पोखरेलले दैनिक ४० देखि ४५ जनाले बच्चा जन्माउने गरेको जानकारी दिए।

तीमध्ये एक तिहाइ गर्भवतीको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष सुत्केरी गराउनेको सङ्ख्या निकै बढेको उल्लेख गर्दै उहाँले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको उनले बताए ।

गोरखापत्र दैनिकमा खबर छ ।