राष्ट्रिय सभामा २० जना सदस्यको पदावधि शुक्रबारदेखि समाप्त हुँदैछ ।
गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा भई उनीहरू बिदा हुन लागेका हुन् ।
कार्यकाल पूरा गर्ने सबैभन्दा बढी सांसद नेकपा (एमाले) का छन् ।
एमालेका अगम प्रसाद बान्तवा राई,कविता बोगटी, कोमल वली,चक्रप्रसाद स्नेही, नैनकला ओझा,पर्शुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त हुँदैछ ।
यस्तै नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा,शशीकलादाहाल,नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको कार्यकाल पनि सकिँदैछ ।
नेपाली काँग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्टको पनि कार्यकाल पूरा हुँदैछ ।
यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीको पनि कार्यकाल सकिँदैछ । उनीहरूको अवधि समाप्त भएपछि हुने रिक्त पदपूर्तिका लागि यसअघि नै १९ जना निर्वाचित भइसकेका छन् ।
गोरखापत्र दैनिकमा खबर छ ।