Wed Jun 29 2022
मुख्य खबर

एमसीसीका लागि धमाधम कर्मचारी भर्ना हुँदै

केही विवाद र चौतर्फी दबाबबीच गत आइतवार संघीय संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियक च्यालेन्ज कर्पोरेसन (एमसीसी) का लागि सरकारले धमाधम कर्मचारी भर्ना गर्ने प्रक्रिया शुरू गरेको छ ।

अमेरिकी एमसीसीको अनुदानमा सञ्चालन हुने यस परियोजनाका लागि पहिलो चरणमा विभिन्न पदमा गरी १० जना कर्मचारी माग गरिएको अर्थमन्त्रालयले जदजनाएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले मंगलवार नै विभिन्न १० वटा पदमा कर्मचारी भर्ना गर्नका लागि आवेदन माग गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।