Wed Jun 29 2022
Breaking News

राष्ट्रिय सभागृहमा सुरु भयो माओवादी केन्द्रको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।

पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो ।
फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादीमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ ।

बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।

गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ ।