जोडिनुहोस
  • होमपेज
  • चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

काठमाडौं । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतकोे उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताए।

कक्षा १ देखि ३ सम्म पढाइ हुने सो विद्यालयमा सिमान्तकृत चेपाङ समुदायका विद्यार्थी अध्ययनरत छन् । विद्यालय पोसाक किन्नसमेत समस्या भोगिरहेका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको कार्कीले बताए । यस विद्यालयमा तीन शिक्षक कार्यरत रहेको प्रधानाध्यापक देवराज प्रजाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका