जोडिनुहोस
  • होमपेज
  • यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा गलत भएको रक्षामन्त्री खड्काको दावी

यमबहादुर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा गलत भएको रक्षामन्त्री खड्काको दावी

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयमा गलत प्रचार भएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मन्त्री खड्काले उमेर र अवधि संम्भव एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट बताए ।

उपप्रधानमन्त्री खड्काले अधिकारीलाई प्रधानसेनापति बनाउने षडयन्त्र भइरहेको भन्दै गलत प्रचार बाहिर नर्छन समेत आग्रह गरेका छन् । अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठुलो भ्रम सिर्जना गर्ने काम भइरहेकाले यस्तो नगर्न समेत उनले आग्रह गरे ।

सहायक रथी यमबहादुर अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरूको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरूलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरिएको उनले बताए ।

यमबहादुर अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो । सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार चार वर्ष पुग्दा सरकारमा गएकाले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ उनले भने,‘ त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भुमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका