जोडिनुहोस
  • होमपेज
  • विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ: परराष्ट्रमन्त्री

विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् ।

दशैँ, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी जोशीको खोजीको लागि हमास र विद्रोही समूह हमाससँग सम्बन्ध भएका देशसँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तर गरिसकेको जानकारी दिँदै उनले ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका