जोडिनुहोस
  • होमपेज
  • गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै

अन्तर्राष्ट्रिय

गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै

  • Sagarmatha TV
  • मङ्लबार, अशोज ३०, २०८०
गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्।

ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात घण्टा लामो भेटपछि जेरुसेलमस्थित अमेरिकी दूतावासबाट भ्रमणको घोषणा गरेको थियो ।ब्लिन्केनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई ‘इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण’ बारे जानकारी दिइने बताए ।

उनका अनुसार बाइडेनले इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्छ भन्ने जानकारी लिनेछन् भने गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने विषयमा छलफल गर्नेछन् । नेतान्याहुको निमन्त्रणामा बाइडेनले इजरायलको भ्रमण गर्न लागेको बताइएको छ ।

नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले केही समय अघि पत्रकार सम्मेलनमा बाइडेनको भ्रमणको मुख्य लक्ष्य इजरायलसँग अमेरिकाको ऐक्यबद्धता व्यक्त गर्नु र गाजाका नागरिकहरूलाई सहयोग प्रदान गर्नु भएको बताएका थिए । किर्बीले भने, ‘राष्ट्रपति बाइडेनले मानवीय सहायताको मुद्दामा छलफल गर्नेछन् ।’

यस बाहेक गाजा छोड्न चाहने आम जनताका लागि सुरक्षित मार्ग तयार गर्ने विषयमा छलफल हुने बताइएको छ ।

बाइडेन इजरायल भ्रमणपछि जोर्डन जानेछन् । उनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अल–सिसी र प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग भेट गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका