Tue May 17 2022
कर्णाली प्रदेश

कैलाली कारागारमा एक युवकको मृत्यु

धनगढी । कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए ।

थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।