Tue Jun 28 2022
अन्तर्राष्ट्रिय

डलरको भाउः १० दिनमा साढे २ रुपैयाँले बढ्यो

काठमाडौं । पछिल्लो १० दिन यता अमेरिकी डलरको भाउ निरन्तर बढेको छ ।

रुस युक्रेन युद्धको असरका कारणले डलरको मूल्य निरन्तर उकालो लागिरहेको हो । यही महिनाको १२ गते एक अमेरिकी डलरको बिक्रीदर ११९.६० रुपैयाँ थियो । यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार उक्त मितीमा डलरको खरिद दर ११९ रुपैयाँ तोकिएको छ ।

तर, त्यसयताका १० दिनमा डलरको बिक्री मूल्य २.५६ रुपैयाँले बढेर १२२ं१६ रुपैयाँ पुगेको छ । यस्तै, आज डलरको खरिद मूल्य १२१.५६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

एक यूरोको बिक्री मूल्य १३४.५८ रुपैयाँ र खरिद मूल्य १३३।९२ रुपैयाँ, बेलायती पाउन्डको बिक्री मूल्य १६२।६४ रुपैयाँ र खरिद मूल्य १६१.८४ रुपैयाँ छ ।