Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

युक्रेनले रुसलाई जित्छ : अमेरिकी विदेशमन्त्री

युक्रेनले रुसलाई युद्धमा जित्नेमा आफू विश्वस्त रहेको अमेरिकी विदेशीमन्त्रीले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले जारी युद्ध कति समयसम्म चल्छ भन्न नसकिने भएपनि यस युद्धमा युक्रेनको हार पनि शत प्रतिशत निश्चित नरहेको बताए ।

अन्तरवार्ताका क्रममा विदेशमन्त्री ब्लिङ्कनले युक्रेनी जनताको सहनशीलताको प्रसंशा गरे ।

‘यदी मस्कोको चाहना सरकार ढालेर आफ्नै कठपुतली सरकार राख्नु हो भने ४ करोड ५० लाख युक्रेनीहरुले एक् वा अर्को तरिकाबाट त्यसलाई अस्वीकार गर्नेछन् ।’ उनले भने । यो युद्ध भ्लादिमिर पुटिनको योजनाअनुसार सफल नभएको उनको भनाइ छ ।

युरोपेली युनियनका विदेशमन्त्रीहरुसँगको छलफलका लागि अमेरिकी विदेशमन्त्री ब्रसेल्समा छन् ।

युद्धमा युक्रेनी विजयप्रति विश्वस्त हुनुहुन्छ रु भन्ने प्रश्नमा उनले ‘केही समयपछि, अवश्य’ भन्ने जवाफ दिएको बीबीसीले जनाएको छ ।