सर्लाही । सशस्त्र प्रहरी बलकाे १० नम्बर गण, बाहिनी र सुरक्षा बेशकाे संयुक्त टाेलीले झण्डै १० लाख बराबरको तस्करी गरि ल्याएको कपडा र सवारी साधन समेत बरामद गरी भन्सारमा बुझाएको बताएकाे छ ।
१० नम्बर गणबाट असई रामकेवल रायको कमाण्डमा रहेको पाँच जनाको समूह र सुरक्षा बेश धरहराबाट सई कृष्ण नन्दन रायको कमाण्डमा खटिएको दुई गरि सात जनाको टाेलीले उक्त तस्करीको कपडा बरामद गरेको हो ।
बागमती नगरपालिका १ सीता पार्टी प्यालेसस्थित टाेलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च २३०१ नम्बरको भ्यान शंका लागि चेकजाँच गर्दा अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको ९ लाख ६४ हजार ५०० बराबरको लत्ताकपडा र १० लाख बराबरको भ्यान गरि रू. १९ लाख ६४ हजार ५०० बराबरको सामान भन्सार बुझाएको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ ।