Wed Aug 17 2022
मुख्य खबर

राजनीतिक स्वार्थका कारण दलमा जुट र फुट

अमृत ढकाल- कहिले जुट्ने त कहिले फुट्ने नपालमा राजनीतिक दलको विशेषता नै हो भन्ने अतियुक्ति नहोला । दलका नेताहरुबीच कुरा नमिल्दा धेरैपटक दलहरु फुट्ने र स्वार्थ मिल्दा जुट्ने गर्दै आएका छन ।

निर्वाचन आयोगमा दर्ता भएका र नभएका दलहरुको संख्या १५० भन्दा धेरै छ । नेपालमा पुराना दलहरुमा मात्र होइन आफुहरुलाई बैकल्पिक शक्तिका रुपमा स्थापित गछौ भनेर आएका दलहरुले समेत फुट र जुटको सामना गरेका छन ।नेपालका राजनीतिक दलहरुमा नेताहरुको स्थार्थ मिल्दा जुट्ने र स्वार्थ नमिल्दा फट्ने प्रवृति हावी छ ।

नेपाली कांग्रेस, कम्युनिष्ट पार्टी, राप्रपा मात्र होइन आफुलाई बैकल्पिक शक्तिका रुपमा स्थापित गछौ भनेर अघि सरेका पार्टीले समेत बेला बेला जुट र फुटको सामना गर्दै आएका छन । राजनीतिक दलमा विचार प्रधान हुनुपर्ने भएपनि दलका नेताहरुको आपसी स्वार्थ मिल्दा जुट्ने तथा स्वार्थ नमिल्दा फुट्ने गरेको तितो यर्थाथ नेपाली राजनितिमा रहेको छ ।

नेपालमा सबै भन्दा धेरै विभाजनको मार कम्युनिस्ट पार्टीहरुले खेपेका छन । वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको इतिहास ७२ वर्ष पुगि सकेको छ । नेताहरुको स्वार्थ र दम्भले कम्युनिष्ट पार्टीहरु अहिले छिया छिया भएका छन ।

एक थरी कम्युनिष्टहरु सरकारमा सामेल छन । यस्तै कम्युनिष्ट पार्टीले प्रतिपक्षको भुमिका समेत निर्वाह गरिरहेका छन । अर्र्को थरी कम्युनिष्ट पार्टीहरु सडक संघर्षमा समेत छन । २०७५ सालमा दुई ठूला वामपन्थी दल एक भए पछि अब वामपन्थीदलहरु एक हुन्छन भन्ने धेरैलाई लागेको थियो ।

तर नेताहरुको आन्तिरिक स्वार्थ र दम्भका कारण तीन वर्ष अघि एक भएका दुई पार्टी अहिले ४ टुक्रा भएका छन ।चार दुक्रा भित्र पनि एक मत हुन नसक्दा उनीहरु विच फेरी अर्का विभाजन आउन सक्ने कम्युनिष्ट नेताहरुकै आकँलन छ ।

मधेशका मुद्दा प्रमुख रुपमा उठाउँदै आएका दलहरुको विभाजन पनि अन्य पार्टीको भन्दा कम छैन । मधेशी जनताको मुद्धा लिएर २०४७ सालमा गजेन्द्र नारायण सिंहले सुरु गरेको नेपाल सदभावना पाार्टीको विभाजन अझै रोकिएको छैन ।

२०७७ सालमा सबै मधेश केन्द्रित दल एक भएका थिए । तर नेतृत्वको टकराव र स्थार्थका कारण नेताहरुले एक भएको दललाई डेढ वर्षमै दुई चिरा पारे । फुटको रोगबाट कम्युनिस्ट र मधेश केन्द्रित दल जस्तै राप्रपा पनि ग्रस्त छ ।

राजनीतिक मुद्धा र लक्ष प्राप्ती एकै भए पनि पद र भागवन्डा नमिल्दा राप्रपा गठन भए देखि नै फुटको सिकार बनेको छ । धमिलिएको राजनीतिलाई सङ्लो बनाउने र अपारदर्शी राजनीतिलाई पारदर्शी बनाउँने उद्धघोष सहित एक भएका विवेकशील र साझा पार्टीको विवाद र फुट पनि अन्य पार्टीको भन्दा कम छैन। एक पटक फुटेर जुटिसकेको विवेकशिल साझा फेरी फुटको संघारमा छ ।

रिसाएर फुट्ने र पछुताएर जुट्ने नेपाली राजनीतिको संस्कृतती नै हो। एमाले फुटाएर माले बनाएका वामदेव गौतम फेरी एमालेमै फर्किएको र कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दै फेरी कांग्रेसमै फर्किएका शेरबहादुर देउवा यसको गतिलो उधारहण हुन।

स्वार्थ र अहंकारको व्यवस्थापन नहुँदा यस्ता समस्या आएको जानकारहरुको बुझाई छ । राजनीतिक दलमा यस्तो समस्या देखिँदा आम जनतामा भने निराश बनेका छन । राजनीति सत्ता र शक्तिको मालिक बन्ने भन्दा पनि जानताको सेवक बन्ने माध्यम हो । त्यसैले राजनीतिक दलका नेताहरु सत्ता र स्वार्थ भन्दा माथी उठेर काम गरे पार्टी, जनता र देशको भलो हुने थियो ।