Mon Sep 26 2022
मुख्य खबर

गुँदुला भोजोला तालले पर्यटक तान्दै

खविन लुइटेल- अर्गानीक खानाको स्वादसंगै मनोरम तालको दृश्यावलोकन हुनेभएपछि पूर्वका विभिन्न जिल्लाबाट पाचँथरको गुँदुला भोजोला तालमा आउने पर्यटकको संख्या बढेको छ । प्रचार प्रसार हुन सके तराइको गर्मी छल्ने राम्रो पर्यटकीय स्थल हुने यहाका स्थानीयको विश्वास छ ।

पाचँथरको मिक्लाजुङमा रहेको गुँदुला भोजोला ताल हेर्ने आउने पर्यटकको संख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको तालमा खासगरी तराइको गर्मी छल्न पहाड उक्लनेहरु धेरै छन ।

उच्च पहाडी क्षेत्रमा तालको मनमोहक दृश्यावलोकन छ छदै त स्थानीय अग्र्यानिक परिकार र तालमा रहेको बोटिङ गर्ने सुविधाले पर्यटकहरुको ध्यान खिचेको हो ।
प्रदेश सरकार र स्थानीयको समेत साथ पाएपछी गुँदुला भोजुला तालको विकास र प्रवद्र्धनमा सबै एकजुट भएका छन ।

उच्च पहाडी क्षेत्रमा रहेको ठुलो तालले पर्यटक आकर्षित गर्न गर्न थालेपछि स्थानीयहरु समेत खुसी भएका छन ।

पाँचथरको सदरमुकाम बाट निकै टाढा रहेको यस क्षेत्रमा धनकुटा, तेह्रथुम, झापा तथा अन्य छिमेकी जिल्लाहरुबाट समेत पर्यटकहरु आउन थालेका छन । फुर्सदको समयमा बनभोज खाने, रमाइलो गर्ने तथा घुम्न रुचाउने पर्यटकहरु यहाँ आउन थालेपछी स्थानीयको आम्दानी समेत बढेको छ ।

तालको वरीपरि रहेका समथर भू—भाग, उच्च पहाडी क्षेत्रमा बनेका स सना घरहरु र गाउँघरमै पाइने अग्र्यानिक खानाको स्वादले मिक्लाजुङ गाउँपालिकाको लेख गाउँमा रहेको गुँदुला भोजोला तालले सबैको ध्यान खिचिरहेको छ ।