Wed Aug 17 2022
मुख्य खबर

कमल थापाले भने- नेपाल विश्व शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढ्यो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्व शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताउनु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले एमसीसी संसदबाट पारित गराउने बेला नेपालमाथि शक्ति राष्ट्रहरुले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरुकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताउनु भएको हो ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले एससीसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको दावी गर्नुभयो ।

उहाँले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्व माथिनै प्रश्न उठने गरी राजनीतिक दलहरुका नेताहरुलाई दवाव दिईरहेको बताउनुभयो ।
बाइट…कमल थापा, अध्यक्ष, राप्रपा नेपाल
अध्यक्ष नेपालले विदेशी सहायता लिने/नलिने निर्णय लिने काम नेपालकै भएपनि त्यसमाथि शक्ति राष्ट्रहरुले हस्तक्षेप गरिरहेको बताउनुभयो ।