Sun Jun 26 2022
देश

सामसुङले रुसमा आफ्ना उत्पादन निर्यात नगर्ने

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले रूसमा आफ्नो उत्पादनको निर्यात रोक्ने निर्णय गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि सामसुङले आफ्ना उत्पादनको विक्रीमा रोक लगाएको हो।

उसअघि एप्पल र माइक्रोसफ्टजस्ता विश्वव्यापी कम्पनीले रुसमा आफ्ना उत्पादन बिक्री र सेवा बन्द गरिसकेका छन्।

विकसित पछिल्लो घटनाक्रमका कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको सामसुङले जनाएको छ।

यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो।