सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले सात महिनाको अवधिमा झन्डै २२ अर्ब रुपियाँ प्रिमियम सङ्कलन गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी प्रिमियम सङ्कलन गर्न निर्जीवन बीमा कम्पनी सफल भएका छन् ।
चालू आर्थिक वर्षको माघ महिनासम्म निर्जीवन बीमा कम्पनीले २१ अर्ब ८१ करोड चार लाख रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुुन् ।
यी कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १७ अर्ब ८६ करोड रुपियाँ बराबरको बीमा शुल्क सङ्कलन गरेका थिए । प्रिमियम बढाउन सफल भएका निर्जीवन बीमा कम्पनीको जारी बीमालेख सङ्ख्यामा भने कमी आएको छ ।
कम्पनीको जारी बीमालेख सङ्ख्या ४।४२ प्रतिशतले घटेर १६ लाख ९५ हजार ७८८ मा झरेको छ ।
२०७७ माघसम्म १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी भएका थिए । निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै दुुई अर्ब ७६ करोड ५४ लाख ९० हजार रुपियाँ बीमा शुल्क आर्जन गरेको छ ।
गोरखापत्र दैनिकमा खबर छ ।