नेपाल वायुसेवा सञ्चालक सङ्घले हवाई भाडादर वृद्धि गरेको छ ।
आइतबारदेखि लागू हुने नयाँ भाडादरमा काठमाडौँबाट पर्वतीय उडानमा ३४० रुपैयाँसम्म वृद्धि भएको छ ।
सबभन्दा बढी काठमाडौँबाट धनगढी ४४५ रुपैयाँ र सबभन्दा कम काठमाडौँबाट भरतपुर १०५ रुपियाँ बढेको छ ।
नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।
निगमले हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ १०० अमेरिकी डलरले वृद्धि गरी प्रतिकिलोलिटर एक हजार २९५ डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी १३६ रुपियाँ निर्धारण गरेको थियो ।
मूल्य समायोजनसँगै सङ्घले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो ।
गोरखापत्र दैनिकमा खबर छ ।