Wed May 18 2022
देश

जनकपुरमा गोली चल्यो, एक युवक घाइते

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्।

धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायका अनुसार कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको हो ।

मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५(७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएको प्रहरीले जनएको हो ।

मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको थियो । गोली प्रहार गरिएको पेस्तोल आज बिहान घटनास्थलबाटै बरामद भएको उनले जानकारी दिए।

प्रहरी उपरीक्षक रायका अनुसार गोली प्रहार गर्ने त्यहीँका स्थानीय युवक भए पनि फरार रहेकाले खोजी भइरहेको छ ।