Sun Jun 26 2022
देश

एकीकृत समाजवादीको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे र हालै संसदबाट अनुमोदन भएको एमसीसीबारे छलफल हुनेछ ।

आगामी बैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि अन्य दलसँग गर्ने तालमेल लगायतका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने एसका नेताहरुले बताएका छन् ।