Wed Jun 29 2022
Breaking News

दमौलीको आगो नियन्त्रणमा हेलिकप्टर

तनहुँ- तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।

हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् ।

सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । गृह मन्त्रालयको अनुरोधमा सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली दमौली पठाइएको हो।