Sun Jun 26 2022
खेलकुद

विश्वकपमा पाकिस्तानविरुद्ध भारत १०८ रनले विजयी

न्युजिल्याण्डमा जारी आइसिसी एकदिवसीय महिला विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पाकिस्तानलाई १०८ रनले हराउँदै भारतले विश्वकपमा विजयी सुरुवात गरेको हो ।

आफ्नो पहिलो खेलमा भारतले दिएको २४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो ।
उसका लागि सिद्रा आमिनले ३०, डायना ब्यागले २४, फातिमा सानाले १७, कप्तान बिस्माह मारूफले १५, सिद्र नवाजले १२, जवेरिया खान र आलिया रियाजले ११/११ रन बनाए ।

बलिङमा राजेश्वरी गायकवाडले चार, स्नेहा राणा, झुलन गोस्वामीले दुई/दुई र दिप्ती शर्माले एक विकेट लिए । त्यसअघि माउन्ट माउगानुईमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनायो ।

उसका लागि पूजा वस्त्रकारले ६७, स्नेहा राणाले अविजित ५३, स्मृति मन्धानाले ५२ र दीप्ती शर्माले ४० रन बनाए । बलिङमा नशरा सन्धु, निदा डारले दुई/दुई, अनम अमीन र डायना बेगले एक/एक विकेट लिए ।