Sat Jun 25 2022
समाचार

जनता प्रगतिशील पार्टी, दर्ताभएपछि पहिलो पटक गृहजिल्ला नवलपरासीमा हृदयेश त्रिपाठी, कार्यकर्ता उत्साहित

नवलपरासी पश्चिम २२ फागुन ,जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठीलाई गृहजिल्ला नवलपरासी पश्चिममा शनिवार भव्य स्वागत गरिएको छ ।
स्वतन्त्र राजनितीक समुहबाट जनता प्रगतिशील पार्टी आधिकारिक रुपमा नेपाल निर्वाचन आयोगमा दर्ता गराएर गृहजिल्लामा पहिलोपटक आएका उनलाई भव्य स्वागत गरिएको हो ।
जनता प्रगतिशील पार्टीका कार्यकर्ताहरुले बर्दघाट नगरपालिका वडा नं ४ टिसिएन चोक र क्षेत्रीय पार्टी कार्यालय बेलाटारीमा माला अबिर लगाएर स्वागत गरेका हुन ।
त्रिपाठी केही दिन गृहजिल्ला बसेर पार्टीको भातृ संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रम र स्थानिय तहको निर्वाचन लगायतका विषयमा अन्य दलसँग छलफल गरिने स्रोतले बताएको छ ।
त्रिपाठी स्थानिय तहको निर्वाचन नजिकै गृह जिल्ला नवलपरासी पुगेकाले निकै महत्त्वपूर्णको रुपमा लिइएको स्रोतको दाबी छ । स्रोतका अनुसार त्रिपाठी गृह जिल्ला नवलपरासी लगायत अन्य जिल्लामा पनि संगठन विस्तार तथा स्थानीय निर्वाचनमा तालमेल गर्न पुग्न सक्ने बुझिएको छ ।
साथै नेपाल सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको अवस्थामा नेता कार्यकर्तामा विभिन्न पदमा उम्मेदवारीको होडबाजी चलिरहेको बेलामा त्रिपाठी गृह जिल्लामा पहिलोपटक आएकाले निकै महत्त्वपूर्णको रुपमा लिइएको छ ।