Sun Jun 26 2022
Breaking News

एमसीसी अनुमोदनसंगै देखिएको विवाद थाती राखेर चुनाव केन्द्रित हुँदै माओवादी केन्द्र

आजे नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटि बैठक बस्दैछ । पार्टीका पदाधिकारी चयन गर्ने लगाएतका विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो । बैठक अहिले विहान ११ बजेका लागि बोलाइएको छ । यसअघि हिजो बोलाइएको बैठक स्थगित भएको थियो । पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास असफल भएपछि हिजोको बैठक स्थगित भएको थियो ।

नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासँगै संसदबाट अनुमोदन भएपछि चर्किएको मतभेद थाती राखेर स्थानीय चुनावमा जाने भएको छ । यो सहमतिसँगै फुटको खतरा टरेको माओवादी नेताहरुले बताएका छन । आइतबार केन्द्रीय समितिको बैठक स्थगित गरेर बसेको केन्द्रीय कार्यालय समितिको विस्तारित बैठकमा एमसीसी अनुमोदनसँगै सुरु भएको विवाद चुनावसम्म थाती राख्ने सहमति भएको छ ।

एमसीसीबारे देखिएको मतभेद तत्कालका लागि थाती राख्ने सहमतिसँगै माओवादी नेताहरु केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन । मंसिरमा महाधिवेशन गरेको माओवादीले अपूरो केन्द्रीय कमिटी घोषणा गरेको थियो । २९९ सदस्यीय कमिटीमा ९७ जना चयन गर्न बाँकी छ । केन्द्रीय कमिटी बैठकले कमिटीलाई पूर्णता दिने तयारी थालेको छ ।

नेताहरुबीच सहमति जुट्यो भने पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी पनि चयन हुनसक्छ । यद्यपि महासचिवका कारण पदाधिकारी चयनको सम्भावना कम रहेको माओवादी केन्द्रका नेताहरुको भनाइ छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्मासँगै पम्फा भुसाल, शक्ति बस्नेत र देव गुरुङलगायतको दाबी छ । हिजो पदाधिकारी चयनलगायतका विषयमा सहमती नजुटेपछि बैठक स्थगित भएको थियो ।