Sun Jun 26 2022
मुख्य खबर

ज्वाइँलाई छोरा बनाएर नागरिकता दिएपछि…

ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाइदिएपछि थप पीडा भोग्नुपरेको छ ।

नागरिकता पाएपछि ज्वाइँले पुर्खौली सम्पत्तिमा हिस्सा खोजेपछि उनको नागरिकता बदरको माग गर्दै १० वर्षअघि सप्तरी प्रहरीमा गरेको उजुरी उपर कारबाही नहुँदा ससुरा पीडित बनेका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३, सकरपुराका सातैन मुखियाले ग्राम पञ्चायत छिटहीका लक्ष्मी मुखिया (आफ्नै दाइको ज्वाइँ)लाई छोरा बनाएर नेपाली नागरिकता बनाइदिएपछि समस्या भएको शम्भु मुखियाले बताए ।

आफ्नै फुपू चन्द्रकला देवीको श्रीमान् लक्ष्मी मुखियाले किर्ते नागरिकता लिएर आफ्नो सम्पत्तिमा अंशियार भएको दाबी गर्दै आएकोविरुद्ध प्रहरीमा उजुरी दिएको शम्भुले बताए ।

पीडितका बुवा चन्देश्वर मुखिया भन्नुहुन्छ, सुपौल जिल्लाको छिटही ग्राम पञ्चायत विवाह गरेर गएकी आफ्नी बहिनी चन्द्रकला मुखियाले माइतीमा आएर आफ्नै ठूलो बुवालाई आफ्नो श्रीमान्को बुवा भनेर फर्जी कागजात बनाई जिल्ला प्रशासन कार्यालयबाट २०३५ सालमा नागरिकता बनाइदिएको बताए ।

उनले सोही आधारमा आफूहरूले प्रहरीमा नागरिकता छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको तर जिल्ला प्रहरी कार्यालयले उक्त निवेदनमाथि कुनै अनुसन्धान नगरेपछि अदालतमा रिट हालेको र जिल्ला प्रहरी कार्यालयले अदालतको पटक–पटक अवहेलना गरेको कागजात देखाउँदै आफूहरूलाई न्याय चाहिएको बताए ।

गोरखापत्र दैनिकमा खबर छ ।