जोडिनुहोस
  • होमपेज
  • आज तेस्रो दिन पनि दसैँको टीका र जमरा लगाइँदै

आज तेस्रो दिन पनि दसैँको टीका र जमरा लगाइँदै

काठमाडौं। बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दसैँको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्छन् । कतैकतै विजया दशमीकै दिनबाट दसैँ सकिने गर्छ ।

सरकारी कार्यालयहरू बिहीबारसम्म बन्द रहेका छन् । मङ्गलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैँ सुरु भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैँ पर्व समाप्त हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका