Tue Jun 28 2022
मुख्य खबर

एफपीओ जारी गर्दै समता लघुवित्त

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले एफपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैङ्किङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकको काम गर्नका लागि दुई संस्थाबीच नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरे र आरबीबी मर्चेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।

कम्पनीमा संस्थापक हिस्सा ७० प्रतिशत र सर्वसाधारण हिस्सा ३० प्रतिशत कायम गर्न दुई लाख ८९ हजार ४४० कित्ता एफपीओ बिक्री गर्ने समता घरेलुले जानकारी गराएको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।