Sun Jun 26 2022
देश

मधेस प्रदेशका चार जिल्लामा कांग्रेस अधिवेशन आज हुँदै

काठमाडौं । मधेस प्रदेशका चार जिल्लामा नेपाली कांग्रेसले आज अधिवेशन हुादैछ । धनुषा, रौतहट, सर्लाही र सिराहामा आज अधिवेशन हुन लागेको हो ।

नेता विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ भने निधि पक्षबाट योगेन्द्र पञ्जियार सभापतिमा उठ्ने तयारीमा छन् । संस्थापन पक्षबाट सन्तोष यादव र संस्थापनइतरले दिनेश यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेका छन् ।

रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन् भने सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबी सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।

यस्तै आज अछाममा दोस्रो चरणमा मतदान गर्ने तयारी छ।