Wed Aug 17 2022
देश

माओवादी केन्द्रको केन्द्रको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ ।

२० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन । एक नेताका अनुसार बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादी केन्द्रभित्र विवाद छ । बैठकमा नेताहरुले यस विषयमा पनि धारणा राखिरहेका छन् ।