Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

मोदीले युक्रेनका राष्ट्रपतिसँग सूमीमा फसेका भारतीय विद्यार्थीलाई निकाल्न सहयोग मागे

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति वोलोलिमिर जेलेन्स्कीबीच सोमबार टेलिफोन वार्ता भएको छ ।

दुबै नेताबीच करिब ३५ मिनेटसम्मको कुराकानीमा सूमीमा फसेका भारतीय विद्यार्थीलाई निकाल्नमा मोदीले सहयोग मागेका हुन् । समाचार एजेन्सी एएनआईले भारत सरकारलाई उद्धृत गर्दै दुई नेताले युक्रेनमा परिवर्तित स्थितिको विषयमा चर्चा गरेको जानकारी दिएको हो ।

कुराकानीका बेला मोदीले रुस र युक्रेनबीच लगातार जारी वार्ताको पनि प्रशंसा गरे । भारतीयलाई युद्धक्षेत्रबाट सुरक्षित निकाल्नमा पाएको मद्दतका लागि मोदीले युक्रेनका राष्ट्रपतिलाई धन्यवाद दिए ।

मोलीले जेलेन्स्कीसँग सूमीमा फसेका भारतीय विद्यार्थीलाई निकाल्न सहयोग मागेको समाचार एजेन्सी पिटिआईले जनाएको छ ।