जोडिनुहोस
  • होमपेज
  • गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टको घोषणा

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टको घोषणा

इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गरेका छन्। उनले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गरे।

उनले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको भन्नेबारे पत्ता लाग्न नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताए। मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गरे। साथै इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद दिए।

उनले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका