जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा सरकारी कर्मचारीको तलब कटौतीको प्रस्ताव विरुद्ध प्रदर्शन जारी

पाकिस्तानमा सरकारी कर्मचारीको तलब कटौतीको प्रस्ताव विरुद्ध प्रदर्शन जारी

इस्लामावाद— पाकिस्तानका धेरै क्षेत्रमा सरकारी कर्मचारीहरूले व्यापक विरोध प्रदर्शन गरी राखेका छन् । कर्मचारीले प्रस्तावित तलब कटौती र पेन्सन सुधारको कडा विरोध गर्दै प्रर्दशन गरिरहेको पाकिस्तानी मिडिया आउटलेट डनले उल्लेख गरेको छ ।

लक्की मारवतमा सरकारी शहीद मोहम्मद घसान खान सेन्टेनिअल मोडेल हाई स्कूलदेखि प्रेस क्लबसम्म विभिन्न सरकारी निकायका कर्मचारीले र्‍याली निकालेका थिए ।

डनका अनुसार, स्कूल अफिसर्स एसोसिएसनका जिल्ला अध्यक्ष वाजिउल्लाहले जुलुसको नेतृत्व गरेका थिए । प्रदर्शनकारीहरूले ब्यानर र प्लेकार्ड बोकेका थिए ।

अखिल सरकारी कर्मचारी महासंघ (आगेगा)ले आयोजना गरेको आन्दोलनले निवृत्तिभरण सुविधा खारेजीको घोर अस्वीकार गर्दै करार शिक्षकलाई नियमित गर्न दबाब दिएको छ ।

यसैबीच, बाजौरमा सरकारी कर्मचारीले प्रदर्शनमा उत्रिएर जिल्लाव्यापी पेन डाउन हडतालको धम्की दिएका छन् । उनीहरूका ब्यानर र प्लेकार्डहरूले पेन्सन नियमहरूमा कुनै पनि परिवर्तन र सरकारी कर्मचारीहरूको तलब कटौतीको विरुद्धमा उनीहरूको दृढ अडान स्पष्ट रूपमा व्यक्त गरेका थिए, डनले उल्लेख गरेको छ।

महमन्दमा, विभिन्न सरकारी विभागका कर्मचारीहरूले पेन्सन सुधारको कडा विरोध गर्न प्रेस क्लब बाहिर पदयात्रा र र्‍याली निकाले।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका